मलंगवा : अज्ञात समूहको गोली प्रहारबाट आइतबार बिहान सर्लाहीको रामनगर ४ बहुअर्वामा एक महिला गम्भीर घाइते भएकी छिन् ।
घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले प्रहार गरेको गोली लागि धर्मेन्द्र साह तेलीकी ३० वर्षीया श्रीमती गिरिजा कुमारी देवी गम्भीर घाइते भएकी छिन् । गोली गिरिजाको बाँया तर्फको छातिमा लागेको प्रहरीले जनाएको छ । सुतिरहेको घरको ढोकाको माथिको काठ हटाई हतियारधारी समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गिरिजाको सर्लाही अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगंज पठाएको छ । घटनाको अनुसन्धान गर्न प्रहरी जुटेका छन् ।