बस दुर्घटनामा तीन जनाको मृत्यु, ८ गम्भिर घाईते

बस दुर्घटनामा तीन जनाको मृत्यु, ८ गम्भिर घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ कार्तिक २०७४
  • 22.2K
    Shares

सुर्खेतबाट दैलेख आउँदै गरेको बा १ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका ४ सियाकोटमा शुक्रबार राति दुर्घटना हुँदा भने १६ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर एक जनाको घटनास्थलमै र दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका ६ का पारस तिवारी, नौमुले गाउँपालिका ५ का रत्नबहादुर सिजाली र जिसी राना रहेको जिप्रका दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले जानकारी दिए।

घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। छ।

प्रतिक्रिया
सम्बन्धित समाचार