“संसदीय दलाल व्यवस्थाले रचेको चुनाव जनताकै हातबाट ध्वस्त बनाउनु पर्छ” – सन्तोष बुढा मगर जनसरकार प्रमुख

“संसदीय दलाल व्यवस्थाले रचेको चुनाव जनताकै हातबाट ध्वस्त बनाउनु पर्छ” – सन्तोष बुढा मगर जनसरकार प्रमुख


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ कार्तिक २०७४
  • 16.5K
    Shares

आश तमु, पोखरा कार्तिक १५/ संसदीय व्यवस्थाका विरुद्द छुट्टै बिचार धारा बोक्दै आएका नेपाल कम्युनिष्ट पाटीले जन सत्ताको घोषणा तथा पुर्ण गठनलाई तिब्र बनाएको छ। पोखरा लेखनाथमा भएको तमुवान स्वायत प्रदेश जनप्रतिनिधि सभाको  भएको दोस्रो सभालाई सम्बोधन गर्दै जनसरकार प्रमुख सन्तोष बुढा मगरले ससदिय दलाल व्यवस्थाले रचेको चुनाबले जनताको अधिकार दिन नसक्ने हुनाले जनताकै हातबाट ध्वस्त बनाउनु पर्ने बताएका हुन।

सभालाई सम्बोधन गर्दै बुढाले क्रान्तिका ३ साधन मध्ये सत्ता पनि एक महत्वपुर्ण भएकोले यसलाई सुद्दिढ गर्दै सत्ताको माध्यबाट नै दलाल ससदिय व्यबस्था र यसले मन्चन गरेको चुनावी नाटकका विरुद्द जन सत्तालाई परिचालन गर्नु पर्न्ने र सत्तालाई सुद्दिढ गर्दै हरेक क्षेत्रमा हस्तक्षेप गर्नु पर्ने बुढाले बताए।

आज सम्पन्न भएको भेलाले किसान शिङ तमुको प्रमुखमा १५ सदस्यीय तमुवान स्वायत जनसरकार गठन गरेको छ भने उप प्रमुखमा लोकेन्द्र बहादुर  बिक रहेका छन। त्य्सै गरी भेलाले शारदा शाह सभामुख रहने गरी ४५ सदस्यीय तमुवान जनप्रतिनिधि सभा गठन गरेको छ जसको उप सभामुखमा टेक तारा बोहरा रहेका छन।

नव निर्वाचित तमुवान जनसरकारका प्रमुख तमुले  दलाल पुजिवादी राज्य सत्ताले गठन गरेको कथित स्थानिय निकायलाई खारेज र खाली गर्दै जनताको स्थानिय जनसत्ता निर्मान् गर्ने  र आगामी हुदै गरेको कथित  प्रान्तिय र संघीय चुनाबलाई  खारेज गर्नु पर्ने र त्यसको ठाउमा जनसत्ता निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढाउने पर्ने बताए।

तमुवान स्वायत जनप्रतिनिधि सभाको समपन्न दोस्रो भेलाले १३ बुद्दे निति तथा कार्यक्रम  समेत प्रस्तुत गरेका छन जसमा तमुवान प्रदेशको बिकासको लागी उर्जा र पर्यटनको माध्यमबाट प्रचुर सम्भावना खोज्ने ,प्रदेशमा भएका आदिबासी जनजातीहरुको  एतिहासिक पहिचानलाई सरक्षण र बिकास गर्ने,प्रदेश अन्तरगत  क्रिषि  एव ब्रित सहकारी उत्पादन जडीबुटी एव् पशुपालन क्षेत्रमा बिकास गर्दै युवा स्वरोजगार बनाउने,सुकुम्बासी,बाढी पिडित  भुकम्प पिडितको उचित वसोबास एव् पुर्न स्थापना कार्यक्रमलाई अगाढी बढाईने कार्यक्रमहरु अगाडी बढाएका छन ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार