काठमाडौँ । अन्य पार्टीलाईहरुलाई चुनाव लागेर जिल्ला जिल्लामा गएको बेला नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विशाल जनसभाको आयोजना गरेको छ ।
अक्टोबर क्रान्तिको सतवार्षिकीको अवसरमा यही कात्तिक ८ गते काठमाडौँको खुला मंचमा जनसभाको आयोजना गरिएको नेकपाले जनाएको छ । सभलाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ ।
महासचिव विप्लवले चुनाव खारेज अभियान, पार्टीका आगामी रणनीति र विकशित राजनीतिकबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपाले जनाएको छ ।
धेरै राजनीतिक पार्टीले खुला मंचमा सभा गर्न छोडिसकेका छन् भने नेकपाले खुला मंचमा जनसभा गर्दै अाएको छ ।