मुख्य सचिवको कुर्सीमा लोकदर्शन रेग्मी

मुख्य सचिवको कुर्सीमा लोकदर्शन रेग्मी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ कार्तिक २०७४
  • 6.2K
    Shares

काठमाडौं । सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकासमा जानेभएपछि रेग्‍मीलाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।

सोमबार विहान बसेको मन्त्रीपरिषद वैठकले रेग्मीलाई मुख्यसचिवमा बढुवा गरेको सूचना तथा संचारमान्त्री मोहन बस्‍नेतले जानकारी दिए ।बैठकले मोहन कृष्ण सापकोटालाई गृहमन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

प्रधानमन्त्री कार्यलयका सचिव ङइन्द्र प्रसाद उपाध्यायलाई लोकसेवा आयोगमा लगिएको छ भने मधु रेग्मीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री बस्‍नेतले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार