वाम गठबन्धनमा सकस: ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन

वाम गठबन्धनमा सकस: ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ कार्तिक २०७४
  • 8.1K
    Shares

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन । कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले ६०/४० को भागवण्डाको टुंगो लगाउन सकेको छैन ।

कार्यदलमा सहभागी एक नेताका अनुसार लगभग सहमति भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ-अब शिर्ष नेतासहित कार्यदलका नेताहरु बसेर अन्तिम टुंगो लाग्न बाँकी छ ।

असो १९ गते बसेको शीर्ष नेताको बैठकले ३ दिनभित्र निर्वाचन क्षेत्र बाँडफाँड गर्न निर्देशन दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले क्षेत्रको टुंगो लगाउन सकेको छैन ।

वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिएर कांग्रेससँग चुनावी तलमेल गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार