५ लाख घुस काण्डमा बालाजुका डीएसपी पनि तानिए

५ लाख घुस काण्डमा बालाजुका डीएसपी पनि तानिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असोज २०७४
  • 10.5K
    Shares

२९ असोज, काठमाडौं । पाँच लाख घुस काण्डमा महानगरीय प्रहरी वृत बालाजुका डीएसपी नविनकृष्ण भण्डारी पनि तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपीलाई बोलाएर सोधपुछ गरेको हो ।

बालाजुका प्रहरी सहायक निरीक्षक चन्ऽ सिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाहले तार्केश्वरका बिनोद थापासँग मिलेर सेवाग्राहीसँग ५ लाख घुस मागेका थिए । अख्तियारको टोलीले उनीहरुलाई आठ गते भाटकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार