मोरङको कानेपोखरी–३ हाकेसुरमा चन्द्रकुमार राईको घरमा आगलागी हुँदा एकै घरका चार जनाको ज्यान गएको छ । चन्द्रकुमार रार्इसहित चारजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकुमार रार्इका ८५ वर्षीय आमा गंगामाया राई वर्ष , ४९ वर्षिय बहिनी विष्णुमाया राई तामाङ र ५० वर्षीय श्रीमती विष्णु राईको मृत्यु भएको हो ।
आगलागीको कारण खुल्न नसकेको र घर जलेर पूर्णरुपमा नष्ट रहेको प्रहरीले जानकारी दिएको छ । राति ३ बजे आगलागी भएको थियो ।शव नचिने अवस्थामा रहेको बताइएको छ ।