भारी परिमाण लागु औषधसहित एक तस्करलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको बल्लागोठ-५ का २८ बर्षीय अजितकुमार चौधरी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रविण पोखरेलले जानकारी दिए।
चौधरीको साथबाट प्रहरीले आगुऔषध नाइट्रोभेट १० एमजीको ९ सय १५ ट्याब्लेट, स्पासमोप्रोक्सीभन १ सय १७ ट्याब्लेट र मोविलको गेलेनमा राखेर बोकेको रेसकप ५ सय एमएलसहित बर्दिबास चोकबाट पक्राउ गरेको हो।
बा ४१ प ९२८६ नम्बरको मोटरसाइकलको सिट मुनी लागुऔषध लिएर काठमाडौं जाने क्रममा चौधरी बर्दिबास चोकमा मोटरसाइकलबाट लडेका थिए। उद्धारका लागि त्यहा पुलेका शसस्त्र प्रहरी र नेपाल प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएका हुन्।
चौधरीको साथबाट प्रहरीले २ थान क्यमेरा, एक थान मोवाइल, तीन हजार नगद र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।