६० लाखभन्दा बढी अवैध भारुसहित काठमाडौंमा दुईजना पक्राउ

६० लाखभन्दा बढी अवैध भारुसहित काठमाडौंमा दुईजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ भाद्र २०७४
  • 5.5K
    Shares

काठमाडौंको स्वयम्भु प्रहरीले काठमाडौंबाट ६० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गोरखा र नेपालगञ्ज घर भएका दुई जना अवैध भारुसहित पक्राउ परेका हुन् ।

 

उनीहरुको साथबाट भारतमा प्रतिवन्धित पुरना नोटहरु बरामद भएको र गन्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी किशोर श्रेष्ठले बताए ।

‘६० लाखभन्दा बढी गनिसक्यौं । अझै केही गन्न बाँकी छ’ श्रेष्ठले भने, ‘प्रतिवन्धित नोटसहित समातिएकाहरु बारे हामी अनुसन्धासान पनि गर्दैछौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार