नारायणगढ-मुग्लिन सडक आज बिहानदेखि अवरुद्ध

नारायणगढ-मुग्लिन सडक आज बिहानदेखि अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ भाद्र २०७४
  • 7.7K
    Shares

नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक-एक स्थानमा पहिरो खसेको छ ।

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उनले बताए । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताए ।

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको समयमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार