ड्युटीमा प्रहरी माथि खुकरी प्रहार, सुनार पक्राउ

ड्युटीमा प्रहरी माथि खुकरी प्रहार, सुनार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ भाद्र २०७४
  • 7.2K
    Shares

नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएका प्रहरी माथि नै खुकुरी प्रहार भएको छ । पोखरा बसपार्कबाट क्षेत्रपुर तर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि आक्रमण भएको हो ।

 

बुधबार दिउँसो २ बजेर ४० मिनेटमा खुकुरी प्रहार भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । टाउकोमा चोट लागेर घाइते प्रहरी जवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको प्रहरी जनाएको छ ।

खुकुरी प्रहार गर्ने क्षेत्रपुर बस्ने वर्ष ३० का दिलिप सुनारलाई पक्राउ समेत गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । सुनार मादक पदार्थ सेवन गरी मात्तिएर आई प्रहरी जवान माथि आक्रमण गरेको उनले बताए । खुकुरी हान्ने सुनारलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार