रातह नदिएकाे भन्दै बाढीपिडितहरूले गरे चक्काजाम

रातह नदिएकाे भन्दै बाढीपिडितहरूले गरे चक्काजाम


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० भाद्र २०७४
  • 6.3K
    Shares

भाद्र १० सुनसरी ।  पटक पटक सरकार समक्ष राहत माग्दापनि सुनुवार्इ नभएपछि सुनसरीका बाढीपिडितहरूले शनिवार सदरमुकाम इनरुवादेखि ३ किलोमिटर दुरीमा रहेकाे पूर्व पश्चिम राजमार्ग दुर्इ घण्टा ठप्प पारेका छन ।  अवरुद्ध यातायात हटाउन खाेज्दा प्रहरी र सर्वसाधारणबीच सामान्य घम्साघम्सी समेत परेकाे थियाे ।

 सरकारी उदासिनताका कारण समयमै राहत नपुगेको उनीहरुको आरोप छ । सरकारले दैवी प्रकोपमा परेका पीडितहरुका लागि राहत छुट्याइसक्दा पनि पीडितसम्म राहत नपुग्नुमा सरकारी उदासिनता भएको भन्दै सरकारको ध्यानाकर्षण गर्न यातायात ठप्प पारिएको स्थानीय जावेद महम्मदले बताउनुभयो ।

दुई घण्टा यातायात अवरुद्ध हुदा सैयौ यात्रु अलपत्र परेका थिए । अवरुद्ध सडक जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरीको टोलीले दुई घण्टापछि खुलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार