काठमाण्डौ, १३ मंसीर २०८३।
सिन्धुलीमा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप आज दिउँसो अन्दाजी १३:१५ बजे सिन्धुलीको दुधौली नगरपालिका-३, झुंगास्थित मदनभण्डारी राजमार्गस्थित सडकबाट अनियन्त्रित भई अन्दाजी १० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो भने अन्य चार जना घाइते छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनसरी, बराहक्षेत्र नगरपालिका-८ बस्ने अन्दाजी ४२ वर्षीय मातृका भट्टराईलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
सिन्धुलीको दुधौली नगरपालिका-३, झुंगास्थित मदनभण्डारी राजमार्गमा भएका जीप दुर्घटना एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सोहि दुर्घटनामा परेर सुनसरीकै बराहक्षेत्र नगरपालिका-८ की ३८ वर्षीया प्रमिला भट्टराई, उनका छोरा आठ वर्षीय आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका छोरा १३ वर्षीय अतर्व भट्टराई घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
घाइतेहरूको विवरणः
१. जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–८ बस्ने निजकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई (अवस्था मध्यम)।
२. ऐ. बस्ने निजका छोरा अन्दाजी ८ वर्षीय आयन्स भट्टराई (अवस्था मध्यम)।
३. ऐ. बस्ने अन्दाजी ४० वर्षीया रेनुका सुवेदी भट्टराई (अवस्था मध्यम)।
४. ऐ. बस्ने निजका छोरा अन्दाजी १३ वर्षीय अतर्व भट्टराई (अवस्था सामान्य)।