छठघाटमा रुङ्न बसेका वृद्धको ह त्या गर्ने छिमेकीलाई प्रहरीले हा न्यो गो ली , घा इते अवस्थामा पक्राउ

छठघाटमा रुङ्न बसेका वृद्धको ह त्या गर्ने छिमेकीलाई प्रहरीले हा न्यो गो ली , घा इते अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८३
  • 1.4K
    Shares

जनकपुर — छठघाटमा रुङ्न बसेका ६० वर्षीय वृद्धको ह त्या गरी फ रार भएका छिमेकीलाई प्रहरीले गोली हानेर घा इते अवस्थामा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी ३० वर्षीय जयकुमार यादव रहेका छन्। उनी बालक दास नामले समेत चिनिन्छन्।

अभियुक्त यादबले गएको कार्तिक २९ गते शहीदनगर–२ स्थित धनी पोखरीमा छठघाट बनाएर पूजासामग्री राखी रुङ्न बसेका रामजतन यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । उनी भोलिपल्ट बिहान करिब ६ बजे मृत फेला परेका थिए। घटनास्थलमा रगतका दाग र धारिलो हतियार फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

पुरानो रिसइबीका कारण हत्या

अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण छिमेकी जयकुमारले कस्सीले अनुहारमा प्रहार गरी रामजतनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या गरेपछि यादव भारततर्फ फरार भएका थिए।

सीमामा लुकेको सूचना, भाग्न खोज्दा गोली

खोजी गर्ने क्रममा मंसिर १२ गते यादव जटही सीमाक्षेत्रमा लुकिछिपी बसेको सूचना प्रहरीले पाएको थियो।

सूचनाका आधारमा नगराइन नगरपालिका–२ जटहीबाट रामचौपुर जाने बाटोस्थित सीमाक्षेत्रमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो। तर प्रहरीलाई देखेपछि उनी भारततर्फ भाग्न खोजेका थिए।

प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिँदासमेत उनले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसपछि प्रहरीले थप चार राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको थियो।

तीन गोली लाग्यो, अवस्था मध्यम

प्रहरीको गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने छडामुनि दुई गरी तीन गोली लागेको छ।

घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार