तनहुँको डम्पिङस्थित भीरबाट खसेर चितवनका विद्यार्थी बेपत्ता

तनहुँको डम्पिङस्थित भीरबाट खसेर चितवनका विद्यार्थी बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८३
  • 1.7K
    Shares

तनहुँ , १२ मंसीर २०८३।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी पारिजात माध्यमिक विद्यालय, भरतपुरको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

बसमा भ्रमण सकेर पोखराबाट चितवन फर्किने क्रममा आज साँझ करिब ६ः१० बजे ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ सौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनी करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार