पोखरामा स्कुटर चोरी गरेर वर्कशपमा मर्मत गर्दै गरेको अवस्थामा दुई युवा पक्राउ

पोखरामा स्कुटर चोरी गरेर वर्कशपमा मर्मत गर्दै गरेको अवस्थामा दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८३
  • 1.3K
    Shares

पोखरा, ११ मंसिर २०८३ ।

पोखरामा स्कुटर चोरी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनबाट गएको मंसीर चार गते ग १४ प ५४८५ नम्बरको स्कुटर चोरी गरेर पोखरा ९ तुल्सीघाटस्थित सृष्टिदृष्टि वर्कसपमा मर्मत गर्दै गरेको अवस्थामा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार , पक्राउ पर्नेमा पोखरा-१८ खहरे बस्ने वर्ष २० का सञ्जय परियार र पोखरा-८ जाल्पारोड बस्ने वर्ष २१ का सजित भित्रकोटी रहेका छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको प्रहरीले जनाएको छ ।

मिति २०८३/०८/०४ गते ग १४ प ५४८५ नम्बरको स्कुटर हराएको भनी सोम माया राईले निवेदन दिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

खोजतलास गर्दै जाँदा आज मिति २०८३/०८/१० गते दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं. ९ तुल्सीघाटस्थित सृष्टिदृष्टि वर्कसपमा मर्मत गर्दै गरेको अवस्थामा उक्त स्कुटर फेला परेको हो ।

स्कुटरसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पोखरा-१८ खहरे बस्ने वर्ष २० का सञ्जय परियार र पोखरा-८ जाल्पारोड बस्ने वर्ष २१ का सजित भित्रकोटी रहेका छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार