गोरखा, २० कार्तिक २०८३।
गोरखाको चुमनुब्री गाउँपालिका–साम्दोस्थित लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएर ताल बनेको छ।पहिरोले रेमुनाङमा करिब डेढ सय मिटर लामो ताल बनेको स्थानीयले जानकारी दिएका छन्।
बुढीगण्डकीको मुहान नजिकै रहेको उक्त खोला थुनिएपछि ताल फुट्न सक्ने भन्दै बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।