सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किएर आगलागी, दुवै जलेर नष्ट, दम्पती घाइते

सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किएर आगलागी, दुवै जलेर नष्ट, दम्पती घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८३
  • 1.7K
    Shares

सिन्धुली , २० कार्तिक २०८३।

सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किएपछि भएको आगलागीमा दुवै सवारी पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने स्कुटरमा सवार दम्पती घाइते भएका छन्।

शुक्रबार बिहान करिब ८ बजे कमलामाई नगरपालिका-८ स्थित करकरे सिन्धुरेपुलमा काठमाडौंबाट भीमानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको १२७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि आगलागी हुँदा ट्रक र स्कुटर दुवै जलेका हुन्। घाइते हुनेमा स्कुटर चालक कमलामाई-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र उनका श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल रहेका छन्। अधिकारीको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ भने बख्रेलको अनुहारमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुवै जनालाई जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार