सुनवल , १८ कार्तिक २०८३।
नवलपरासीको सुनवलमा गएराती हाइसको ठक्करबाट ६८ वर्षीया महिलाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५०९७ नम्बरको हाइसले सुनवल नगरपालिका–४, लक्ष्मीपथमा मंगलबार बेलुका करिब ८:४० बजे सडक पार गर्ने क्रममा ठक्कर दिंदा ती बृद्धाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ६८ वर्षीया दिलमाया दर्जी रहेको प्रहरीले जानकारी दिएको छ । हाइसको ठक्करबाट गम्भीर घाइते भएकी ती वृद्धालाई तत्काल उद्धार गरेर उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
घटनापछि प्रहरीले हाइस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।