रुपन्देही, १८ कार्तिक २०८३ ।
रुपन्देहीमा करिब ९० लाख रुपैयाँ मूल्य पर्ने भारतीय नम्बर प्लेटको मर्सिडिज कार बेवारिसे अवस्थामा भेटिएको छ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवास्थित सार्वजनिक जमिनमा करीब ९० लाख रुपियाँ पर्ने जि.जे. २१ सि.बि. ६००१ नम्बरको भारतीय मर्सिडिज कार बेवारिशे अवस्थामा भेटिएको हो।
खाली जग्गामा लामो समयदेखि बेवारिसे अवस्थामा पार्किङ गरी राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली कार रहेको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले जानकारी दिए ।
कार बेवारिसे अवस्थामा फेला परेको र बरामद कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको कार आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।