काठमाडौं, १७ कार्तिक २०८३।
नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको दौडधुप र आन्तरिक किचलो चर्किरहेका बेला संगठनको दोस्रो ठूलो पद एआईजी पदमा कार्यरत आठ जना मध्ये पांच जना अवकाको अन्तिम अवस्थामा पुगेका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) पछिको शक्तिशाली पद मानिने अतिरिक्त महानिरीक्षक (एआईजी) का आठ मध्ये पांच जना एकैसाथ अनिवार्य अवकाशमा जान लागेका हुन्। २०५३ पुस ५ गते सेवामा प्रवेश गरेका उनीहरु ३० वर्षे सेवा हदका कारण आगामी पुस ५ गतेदेखि बिदा हुँदैछन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अवकाश हुन लागेका एआईजीहरुमा उपत्यका प्रहरी प्रमुख सुशीलसिंह राठौर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख उमाप्रसाद चतुर्वेदी सहितका प्रभावशाली विभागका प्रमुखहरु छन्। अवकाश हुने अन्य एआईजीमा प्रदेश समन्वय विभागका सिद्धिविक्रम शाह, कार्य विभाग प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक छन्।
पांच एआईजी बाहिरिएपछि आठ दरबन्दीमध्ये तीन एआईजी मात्र बाँकी रहनेछन्। बाँकी रहने एआईजीहरु – मनोज केसी, राजन अधिकारी र ईश्वर कार्की सबै २०८४ चैतसम्म सेवामा रहने २०५४ ब्याचका हुन्। उनीहरु नै अहिले आईजीपीका मुख्य दाबेदार हुन्।
यता पांच जना एआइजीहरुसँगै सोही ब्याचका तीन डीआईजी पनि अवकाशमा जाँदैछन्।यही ब्याचका तीन डीआईजी – ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि सँगै अवकाश हुँदैछन्।
किचलोका बीच रिक्तता
एकातिर नेपाल प्रहरीको नेतृत्वमा ठुलो रिक्तता देखिन लागेको बेला मौजुदा नेतृत्वका बारेमा ठुलो बिबाद चर्किरहेको छ। हालै भएको चुनाबमा नेपाल प्रहरीका लागि खरीद भएका पोशाक खरीदमा आइजीपी दानबहादुर कार्कीको संलग्नता रहेको भन्दै सत्तारुढ रास्वापा सांसद खगेन्द्र सुनारले संसदीय समितिको बैठकमा औथाएको प्रश्नले उग्र रुप लिएको छ। त्यस अनियमितता छानबिन गर्न एउटा संसदीय छानबिन समिति बनेर आफ्नो काम गरिरहेको छ।
आइजीपी कार्कीबिरुद्ध छानबिन गर्न बनेको संसदीय छानबिन समिति सक्रिय रहंदा नेपाल प्रहरीमा ठुलो खैलाबैला मच्चिएको छ। यसैबीच पक्राउ परेका पूर्व प्रधान न्यायाधिस् चोलेन्द्र समशेर जबराको मोबाइलमा बिचौलिया इनम सापकोटामार्फत अदालतको सेटिङ् मिलाएर जेन जी आन्दोलन अगाडिको संसद पुनर्स्थापना गर्ने खेलको रहस्य खुले पछि प्रहरीभित्रको किचलो झन् जटिल मोडमा पुगेको छ।
पूर्व प्रधानन्यायधिश चोलेन्द्र समशेर जबरालाई गुपचुप हिड्न रुचाउने प्रधानमन्त्री बालेन्द्र शाहको लोकेशन चुहाएको आरोपमा अवकाश हुन् चार दिन मात्र बाँकी रहेका सशस्त्र प्रहरीका एआईजी बास्तोलालाई सरकारले बरखास्त गरेको छ।
सरकारले ३० वर्षीय बिचौलिया इनम सापकोटासंगको सम्पर्क व्यक्ति खोज्न थाले पछि भटाभट अडियो , भिडियो तथा लिखित प्रमाणहरु सार्वजनिक भैरहेका छन्। त्यसमा पनि नेपाल प्रहरीको अनिसंधान टोलीसंग हुने गोप्य छानबिन प्रतिबेदनमा संलग्न कागजात सरकारी छाप र दस्तखतसहित मिडियामा प्रकाशन तथा प्रसारण भए पछि नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ।
सरकारी छाप र दस्तखतसहितको नेपाल प्रहरीभित्रको गोप्य दस्ताबेज नै सार्वजनिक भए पछि नेपाल प्रहरी भित्र खैलाबैला मच्चिएको हो। नेपाल प्रहरीको जग नै हल्लिने गरी भएको यस समाचारको स्रोत खोज्न प्रहरीले मुलुकका केही प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुलाई धरपकड गरेर नेपाली संचार जगतलाई आतंकित गराउने काम भयो।
नेपाली संचार जगत आतंकित गराउने त्यस घटनाको चौतर्फी बिरोध भएपछी केही घन्टामा सबै पत्रकारहरु हिरासतमुक्त भए। नेपाल प्रहरीले सरकारको आदेशमा पत्रकारहरु पक्राउ गरिएको बताईरहदा नेपाल सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले त्यस बारे अनविज्ञता मात्र प्रकट गरेनन, त्यस घटनाको चर्को बिरोध गरे। जसले गर्दा नेपाल प्रहरी चौतर्फी आक्रमणको तारो बनिरहेको छ।
गत बिहीबार बसेको नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) बैठकमा आईजीपी दानबहादुर कार्की र सोही ब्याचका एआईजी मनोज केसीबीच चर्काचर्की परेको थियो।
आईजीपी कार्कीले आफूलाई बदनाम गर्न संगठन भित्रैबाट केही एआईजीले चलखेल गरेको गुनासो गरेका थिए। प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग आफ्नो सामान्य संवादलाई लिएर विवादमा तानिएको उनको भनाइ थियो।
उता एआईजी केसीले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आफूलाई शंकाको घेरामा राखिएको भन्दै असन्तुष्टि जनाएका थिए। केसीले आईजीपी र एआईजी राजन अधिकारीलाई विवादमा तान्न बिचौलियासँग अडियो संवाद गरेको आरोप पनि लागेको छ, तर उक्त अडियोको आधिकारिकता पुष्टि भएको छैन।
बैठकमा अधिकांश अधिकारीले नेतृत्वको पक्षमा बोलेका थिए भने केहीले भने व्यक्तिले गरेको गलत कामको भागिदार स्वयं हुने भन्दै नेतृत्वविरुद्ध लाग्न नहुने तर्क गरेका थिए।
गत बिहीबारको पीसीसी बैठकमा आईजीपी दानबहादुर कार्की र एआईजी मनोज केसीबीच चर्काचर्की परेको थियो। आईजीपी कार्कीले आफूलाई बदनाम गर्न केही एआईजीले बिचौलिया प्रकरण जोडेर चलखेल गरेको आरोप लगाएका थिए।
एआईजी केसीले भने आरोपको खण्डन गरेका छन्।
एकैपटक नेतृत्व तहका ५ जना बाहिरिँदा र बाँकी ३ जनाबीच नै शक्ति संघर्ष चर्किँदा प्रहरी संगठन अझै केही महिना अस्थिर रहने देखिएको छ।