पोखरा आउंदै गरेको हाइस आँबुखैरेनीमा दुर्घटना, ११ जना घाइते

पोखरा आउंदै गरेको हाइस आँबुखैरेनीमा दुर्घटना, ११ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८३
  • 1.3K
    Shares

तनहुँ, १६ कार्तिक २०८३ ।

पोखरा आउंदै गरेको हाइस आइतबार साँझ तनहुँको आँबुखैरेनीमा दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन्।

मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस आइतबार साँझ करिब ७:१५ बजे पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ बरादीमा अनियन्त्रित भई सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, दुर्घटनामा चालकसहित ११ जना घाइते भएका हुन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय हाइस चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ की ६३ वर्षीया राधादेवी बराल र सोही स्थानका ७३ वर्षीय लिलाधर बराल रहेका छन्।

त्यस्तै, पर्साको सखुवा पर्सौनी गाउँपालिका–६ घर भई हाल बन्दीपुर गाउँपालिका–१ डुम्रे बस्ने ३५ वर्षीया सपना चौधरी, पोखरा महानगरपालिका–१३ माझपाटनका ७३ वर्षीया चुनकुमारी गुरुङ र ४९ वर्षीया राधा गुरुङ घाइते भएका छन्।

यसैगरी पोखरा महानगरपालिका–३२ का ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडिगाड गाउँपालिका–७ की २५ वर्षीया बिपिना विक, महोत्तरीको बलवा नगरपालिका–७ का ३६ वर्षीय रुपेश मिश्र, तनहुँको व्यास नगरपालिका–१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर गाउँपालिका–२ की २८ वर्षीया सिर्जना अछामी पनि घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ। दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको र राजमार्गमा यातायात आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरु:

  • भद्रबहादुर शाह (३७) – स्याङ्जा
  • राधादेवी बराल (६३) – कास्की
  • लिलाधर बराल (७३) – कास्की
  • सपना चौधरी (३५) – हाल बन्दीपुर-१, डुम्रे
  • चुनकुमारी गुरुङ (७३) – कास्की
  • राधा गुरुङ (४९) – कास्की
  • राजकुमार श्रेष्ठ (३७) – कास्की
  • विपिना विक (२५) – बागलुङ
  • रुपेश मिश्र (३६) – महोत्तरी
  • विकास ठकुरी (२३) – व्यास-१, तनहुँ
  • सिर्जना अछामी (२८) – बन्दीपुर-२, तनहुँ

प्रतिक्रिया
सम्बन्धित समाचार