स्याङ्जा, १५ कार्तिक २०८३।
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, चारजना घाइते
स्याङ्जाको वालिङ नगरपालिका–९ गाइँस्वारास्थित वालिङ–हुवास भित्री सडकखण्डमा आइतबार साँझ ग १ त ५७६९ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन्।
प्रहरीका अनुसार , मृत्यु हुनेमा वालिङ नगरपालिका १० बस्ने वर्ष ६१ को नन्दु भन्ने नन्दलाल बुढामगर रहेका छन् । घाइते नन्दु बुढा मगरलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा ट्याक्टर चालकसहित पाँच जना घाइते भएका थिए। घाइते हुनेमा ट्याक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी ३७ वर्षीय धनवीर पुन मगर, वालिङ नगरपालिका–१० निवासी ६१ वर्षीय नन्दु बुढा मगर, पर्वत घर भई हाल वालिङ–१० बस्दै आएका ५५ वर्षीय प्रेम राना मगर, २० वर्षीय सुलभ परियार र ४६ वर्षीय झवबहादुर थापा रहेका छन्।
हुवासबाट वालिङतर्फ आउँदै गरेको उक्त ट्याक्टर अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।