विराटनगरमा विस्फोट हुँदा ससुरा-बुहारी घाइते

विराटनगरमा विस्फोट हुँदा ससुरा-बुहारी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०८३
  • 1.5K
    Shares

विराटनगर, १५ कार्तिक २०८३।

विराटनगरमा आज विस्फोट हुँदा ससुरा-बुहारी घाइते भएका छन्।

विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पश्चिमतर्फको नाला सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा-बुहारी घाइते भएका हुन्।

आइतबार बिहान करिब ११:३० बजे घर अगाडिको नाला सफा गरी फोहोर निकाल्ने क्रममा एक्कासी विस्फोट हुँदा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिएका छन्।

वरिष्ठ सई शर्माकट्टेलका अनुसार, विस्फोटमा परी बुहारी खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने ससुरा अलीको बायाँ हात र दाहिने खुट्टामा सामान्य चोट लागेको छ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई उपचारका लागि पठाइएको छ।

प्रहरीले विस्फोट भएको भनिएको वस्तु के हो भन्ने बारे यकिन गर्न अनुसन्धान गरिरहेको जनाएको

प्रतिक्रिया
सम्बन्धित समाचार