पोखराबाट काठमाण्डौ जाँदै गरेको हाइस माइक्रोबस धादिङमा दुर्घटनाग्रस्त : पैदलयात्रीको मृत्यु, नौजना घाइते

पोखराबाट काठमाण्डौ जाँदै गरेको हाइस माइक्रोबस धादिङमा दुर्घटनाग्रस्त : पैदलयात्रीको मृत्यु, नौजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०८३
  • 475
    Shares

धादिङ, १४ कार्तिक २०८३।

पोखराबाट काठमाण्डौ जाँदै गरेको हाइस माइक्रोबस धादिङमा दुर्घटनाग्रस्त हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने नौजना यात्री घाइते भएका छन्।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७७९२ नम्बरको हाइस माइक्रोबस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खस्दा एक जना पैदलयात्रीको मृत्यु भएको हो भने नौजना यात्री घाइते छन्।

उक्त दुर्घटनामा दुर्घटनाग्रस्त हाइस माइक्रोबसले च्यापेर गम्भीर घाइते भएका पैदलयात्री स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति पौने नौ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।

उक्त हाइसमा चालकसहित १० जना सवार रहेकामा ९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने चालकलाई प्रहरी चौकी बैरेनीको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं ट्रमा सेन्टरमा रिफर गरिएका ३ जना:
१. कास्की पोखरा म.न.पा.-३१ बस्ने वर्ष तिला नेपाली
२. स्याङ्जा अर्जुन चौपारी गा.पा.-४ बस्ने वर्ष ३३ की सुनिता राई
३. कास्की मादी गा.पा.-११ बस्ने वर्ष ३९ का राजकुमार ढकाल

बैरेनी अस्पतालमा उपचाररत ६ जना:
१. लमजुङ मध्यनेपाल न.पा.-८ बस्ने वर्ष ३० का सजन गुरुङ
२. सोलुखुम्बु महाकुलुङ गा.पा.-१ बस्ने वर्ष अं. ३१ का चन्द्र नाछिरिङ राई
३. स्याङ्जा अर्जुन चौपारी गा.पा.-४ बस्ने वर्ष २७ का नवराज चौलागाईं
४. सोही ठाउँ बस्ने वर्ष अं. २३ का युवराज पौडेल
५. सोलुखुम्बु महाकुलुङ गा.पा.-३ बस्ने वर्ष २९ का भरत राई
६. भोजपुर रामप्रसाद राई गा.पा.-१ बस्ने वर्ष २३ का सुरेन्द्र तामाङ

प्रतिक्रिया
सम्बन्धित समाचार