काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य भारी मतले बिजयी भएका छन्।
शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले हराउँदै बिजयी भएका हुन्। बिजयी भएका शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरेका छन् भने उनका तिकटम प्रतिद्वन्द्वी जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका छन्।
त्यस्तै कान्छी उम्मेद्वारका कारण सर्वाधिक चासोका रुपमा हेरिएकी विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शना २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो भएकी छिन् भने साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन्।
त्यस्तै उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भइन्। उनको पक्षमा ५८ हजार ९५२ मत खसेको छ। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका छन्।