गएराती जनकपुर तनाबग्रस्त : जानकी मन्दिर जानकी पछाडि गोली चल्यो, एक जना घाइते

गएराती जनकपुर तनाबग्रस्त : जानकी मन्दिर जानकी पछाडि गोली चल्यो, एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ कार्तिक २०८२
  • 5.5K
    Shares

पोखरा, १ कार्तिक २०८२।

जनकपुरको सोनारपट्टीमा गोली चलेको छ । एक सुन चाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीलाई अवरोध गरिए पछि प्रहरीले गोली चलाएको हो ।

बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।

यसैबीच प्राप्त जानकारी अनुसार , प्रहरीले हानेको अश्रुग्यासले जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।

धनुषाका डीएसपी गणेश बमले अवैध चाँदी बरामद गर्न पुगेको टोलीमाथि व्यवसायीले घेरा हालेर अवरोध गरेकाले त्यहाँबाट उम्किन दुई राउण्ड हवाई फायर गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार