पोखरा, २९ असोज २०८२।
नेपालमा सुन तस्करीमा ठुलो माछा ठानिएका पूर्व सभामुख कृष्णबहादुर महरा आज पुर्पक्षमा रहने गरी केन्द्रीय कारागार सुनधारामा चलान भैरहदा सुन तस्करीको आरोप लागेर काठमाण्डौका विभिन्न कारागारहरुमा बन्दी रहेका १० जना कैदी भागेको कहाबरहरु आएका छन्।
चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको करीब नौकिलो भन्दा बढी सुन तस्करीमा संलग्न रहेको आरोप लागेका महरालाई आज जिल्ला अदालत काठमाडौँका न्यायाधिश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको थियो। सोही इजलाशको आदेश बमोजिम आजै उनलाई केन्द्रीय कारागार सुन्च्धारा लगिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। उनका छोरा राहुलसहित चार जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।
यो प्रकरणमा महरा र अन्य प्रतिवादीहरूको बयानबाट समेत उनी संलग्न छैनन् भन्ने नदेखिने अदालतले भनेको छ। यसअघि अर्को मुद्दामा पक्राउ पर्दा भने उनलाई डिल्ली बजार कारागार लगिएको थियो।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , जेन जी आन्दोलनका क्रममा ब्रेक प्याडमा लुकाएर ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका अधिकांश चिनियाँ तस्कर कारागारबाट भागेका छन्।
ललितपुरस्थित नख्खु कारागार र सुन्धारास्थित जग्गनाथदेवल (केन्द्रीय) कारागारमा राखिएका र
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक अधिकांश फरार भएका थिए । सोही क्रममा यिनै कारागारबाट १० चिनियाँ सुन तस्कर फरार भएको खुलेको हो ।
कारागार व्यवस्थान विभागका सहससचिव तथा प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार फरार हुने चिनियाँ कैदीको संख्या २५ छ । तीमध्ये १० जना ६० किलो सुन तस्करीमा पक्राउ गरेर कारागार चलान भएकाहरू रहेका छन् ।
यही सुन तस्करीमा जोडिएपछि १ भदौ २०८० मा चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचेङ पनि पक्राउ गरेका थिए । उनको दावासँग कनेक्सन भेटिएको थियो । उनीसँग चीनका साथै भारत र नेपालको नागरिकता समेत भेटिएको थियो । उनले काभ्रेबाट नागगरिकता लिएका थिए । उनी पनि फरार भएका छन् ।
पहिलो चरणमा ३१ भदौ २०८० मा ९ चिनियाँ नागरिकसहित २९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । दावा र याओ पुचेङसहित लि वेन टिसुङ, रोगर भनिने लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन र मी टीएन ९ चिनियाँ नागरिक थिए ।
त्यतिबेला मुद्दा चलाइएकामध्ये टासी भनिने थुप्तेन छिरिङ बाहेक सबै फरार रहेको कारागार व्यवस्थापन विभागको रेकर्डमा देखिन्छ । उनीहरू अधिकांश नख्खु र जग्गनाथदेवल कारागारमा थिए ।
त्यस्तै ६० किलो सुन तस्करीकै दोस्रो चरणको अनुसन्धानमा थप ९ चिनियाँ नागरिकसहित पहिलाका चिनियाँसहित २९ जना गरी ६० जनालाई प्रतिवादी बनाउँदै १७ असार २०८१ मा मुद्दा दायर भएको थियो ।
दोस्रो चरणका ९ चिनियाँ प्रतिवादीमध्ये राजु बा र कुंगा टासी शेर्पा भनिने जिन जाङ्ग र सोनाम भनिने शेरब ग्याल्मो पक्राउ परेका थिए । बाँकी ७ चिनियाँलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । दोस्रो पटकमा पक्राउ गरेका यी दुवै चिनियाँ सुन तस्कर जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका छन् ।
कुंगा सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानको क्रममा १२ जेठ २०८१ मा उनी बौद्धबाट पक्राउ गरेका थिए । यिनको साथबाट नेपाली नागरिकता, राहदानी र लाइसेन्स भेटिएको थियो ।
फरार हुनेमा रोल्पाकी अमला रोकासँग विवाह गरेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ भनिने निमा तामाङसहितका व्यक्ति छन् । दावालाई तस्करी गरेर काठमाडौं भित्रिएको सुनको सम्पूर्ण व्यवस्थापन गर्ने मुख्य नाइकेको रूपमा दावा रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करी समूहको नेपालमा व्यवस्थापन गरेको थापाले त्यतिबेला बताएका थिए ।
उनै दावा आरोपीहरूलाई होटलमा बस्ने प्रबन्धसमेत गर्थे । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन् । अमलाको नाममा ठमेलमा होटल भियना छ । चिनियाँ समूहले त्यही होटलमा बसेर सुन तस्करीको योजना बनाउने गरेको प्रहरीले बताउँदै थियो ।
माओवादी नेतृसँग विवाह गरेका कारण दावाको माओवादी नेताहरूसँग पनि राम्रो हिमचिम थियो । अनुसन्धान चलिरहेका बेला अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र दावाको म्यासेजको विवरणसमेत भेटिएको थियो ।
दावाले काभ्रेबाट नेपाली नागरिकता र राहदानीसमेत लिएका थिए । यो प्रकरणा दावाविरुद्ध नागरिकता र राहदानी कीर्ते कसुरमा काभ्रेबाट मुद्दा चलेको थियो ।
झुटा विवरण पेस गरेर नागरिकता लिएको कसुरमा ५ वर्ष कैद १ लाख रुपैयाँ जरिवाना र राहदानीको कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । राहदानी, नागरिकता दिने कर्मचारी पनि दोषी ठहर भएका थिए ।
दावाको राजनीतिक र प्रहरीका उच्चपदस्थ व्यक्तिसँग राम्रो हिमचिम थियो । सुन तस्करीका साथै उनी अनलाइन जुवा, क्रिप्टो, अवैध कल सेन्टर धन्दामा संलग्न हुँदै आएका थिए ।