मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारले मार्‍यो छापा

मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारले मार्‍यो छापा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ असोज २०८२
  • 4.6K
    Shares

पोखरा, २८ असोज २०८२।

काठमाडौंको अनामगरस्थित मेलम्ची खानेपानी आयोजनाको योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो ।

ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार