जेन जी युवाको सहभागिता बिबाद पछि राष्ट्रपति पौडेलले बोलाएको छलफल कार्यक्रम सर्यो

जेन जी युवाको सहभागिता बिबाद पछि राष्ट्रपति पौडेलले बोलाएको छलफल कार्यक्रम सर्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असोज २०८२
  • 6.5K
    Shares

पोखरा, २५ असोज २०८२।

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तालिका हेरफेर भएको छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए । उनीहरुले नाराबाजी समेत गरेका थिए।

यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार