ओली र लेखकलाई कारबाही गर्न सरकारलाई बाटो खुल्यो : उनीहरुबिरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

ओली र लेखकलाई कारबाही गर्न सरकारलाई बाटो खुल्यो : उनीहरुबिरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ असोज २०८२
  • 3.8K
    Shares

काठमाडौं, २३ असोज २०८२। ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाई दिएको छ।

आयोगले उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीमै फिर्ता पठाई दिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले।

आयोगले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरेर ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र नपरेको” जानकारी दिंदै ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको र यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’ भनेको छ।

यसअघि जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारले जिल्ला प्रहरी परिसर कामठाडौंमा उजुरी दिँदै ओली र लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए ।

त्यसपछि प्रहरीले उक्त जाहेरी लिएर दर्ता नगरी आयोगमा पठाएको थियो । अहिले फेरि आयोगले जाहेरी प्रहरी कार्यालयमै फिर्ता गरिएपछि अन्योल सिर्जना भएको छ ।

जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार