हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको भिडियो सार्वजनिक : बिपिन जीवित रहेकोमा परिवारजन बिश्वस्त

हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको भिडियो सार्वजनिक : बिपिन जीवित रहेकोमा परिवारजन बिश्वस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ असोज २०८२
  • 5.7K
    Shares

पोखरा, २३ असोज २०८२।

गाजामा संघर्ष इजरायलबिरुद्ध संघर्षरत इस्लामिक संगठन हामसद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीको भिडियो सार्वजनिक गरिएको छ।

इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट प्राप्त भएको भन्दै बन्धक बनाइएका जोशीको भिडियो भन्दै बुधबार साँझ सार्वजनिक गरेको हो।

बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् । तर यो भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । गाढा नीलो कपडा लगाएको उनको यो भिडियो पुरानो हुन सक्ने अनुमान छ ।

विपिनका परिवारका सदस्यहरुले पनि भिडियो सार्वजनिक गर्नुभन्दा अगाडि आफूहरुलाई देखाएको तर अहिले सार्वजनिक भए पनि त्यसभन्दा बढी केही थाहा नभएको बताएका छन् ।

जोशी परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको बताएका छन्। ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारले भनेको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएको छैन ।

सन् २०२३ नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ले प्रकाशित गरेको रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रिपोर्टका अनुसार दुईवटा ग्रिनेड बंकरमा छिर्दा विपिनले तीमध्ये एउटा समातेर बाहिर फ्याँक्न सफल भएका थिए । तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भए ।

विपिनलाई भने हमासले अपहरण गरी गाजामा लगेका थिए । एक समयमा उनलाई अलशिफा अस्पतालमा राखिएको थियो । सो अस्पतालमा रहेको उनको भिडियो पनि सार्वजनिक भएको थियो । त्यसयता विपिनको अत्तोपत्तो थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260