गण्डकीका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आ’गो लगाउने युवा प’क्राउ

गण्डकीका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आ’गो लगाउने युवा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ असोज २०८२
  • 7.3K
    Shares

पोखरा, २१ असोज २०८२।

जेन जी आन्दोलनपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाउने युवा पक्राउ परेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैकचोक बस्ने २२ वर्षीय संजोक थापा मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाएको आरोपमा पक्राउ परेका हुन्।  ।

अभियुक्त थापाले असोज १२ गते राती ११ बजे आफ्नै डेराकोठामा मदिरा सेवन गरेपछि सहिदचोकको पार्कमा गएको र रुख चढेर पर्खाल नाघी गण्डकीका मुख्यमन्त्रीको निवासमा प्रवेश गरेर दोश्रो पटक आगो लगाएको प्रहरीले आरोप लगाएको छ।

गण्डकीका मुख्यमन्त्रीको निवासमा प्रवेश गरेपछि हेर्दा केही नभेटेपछी जेन जी समुहले जलाएर बचेको सामाग्रीहरु राखेको कोठामा सलाई कोरी आगो लगाएको थापाले प्रहरी समक्ष बताएका छन् । त्यसपछि लगत्तै राष्ट्रवैक चोकमा रहेको नेपाल राष्ट्रवैकको कम्पाउण्ड सडक छेउमा बाहिरपट्टी रहेको एनआइएमबी बैंकको एटिएमको पसेर अभियुक्त थापाले एटिएमको स्क्रिनमा समेत ढुङ्गाले हानेर तोडफोड गरेको प्रहरीले बताएको छ।

उक्त भवनमा गएको भदौ २४ गते जेन जी प्रदर्शनका क्रममा पनि तोडफोड र आगजनी भएको थियो ।

जेन जी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएको छ । तीमध्ये १३ भवन बस्नै नमिल्ने गरी नष्ट भएको छ भने १६ भवन तत्काल बस्न नमिल्ने खालको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार