काठमाडौँ, २० असोज २०८२।
जेन जी आन्दोलनका सहभागीहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान रमेश लेखकलाई पक्राउ गर्न दबाब अभियान शुरु गरेका छन्।
जेन जी अभियानकर्ताले सामाजिक सञ्जालमार्फत् पूर्व प्रम ओली र निवर्तमान गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब अभियान शुरु गरेका हुन्।
जेन जी अभियान्ता सुदन गुरुङले हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका छन् । उनीपछि अहिले सामाजिक सञ्जालमा दुई नेतालाई पक्राउ गर्नुपर्ने भन्दै दबाब बढाइएको छ । यसअघि यी दुवै नेतालाई विदेश जान रोक लगाइएको थियो ।