तुइन खोला पहिरोको रिपोटिङका लागि हिडेका चितवनका दुई पत्रकार सवारी दुर्घटनामा घाइते

तुइन खोला पहिरोको रिपोटिङका लागि हिडेका चितवनका दुई पत्रकार सवारी दुर्घटनामा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 2.5K
    Shares

पोखरा,८ असोज २०८२।

नारायणगढ–मुग्लिन सडकखण्डस्थित तुइन खोलामा खसेको पहिरोको रिपोटिङका लागि गएका चितवनका दुई पत्रकार घाइते भएका छन ।

नेपाल टेलिभिजन र अन्नपूर्णपोष्ट दैनिकका लागि चितवनबाट रिपोर्टिङगरिरहेका पत्रकार अनिल ढकाल र जि न्युज अनलाइनमा कार्यरत पत्रकार सुदन पौडेल भरतपुर महानगरपालिका– २९ को भतेरीमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका हुन्।

नेपाल टेलिभिजनको निर्देशन अनुसार राती ८ बजेको समाचारमा प्रत्येक्ष प्रशारणका लागि त्यसतर्फ जाँदै गरेका ढकाल र पौडेल सवार बा.प्र.०६–००१ प ७४०५ नम्वरको मोटरसाइकल मंगलबार साँझ भरतपुरको भतेरीमा पुग्दा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ७५३७ नम्वरको ट्रकसंग ठोक्किएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारीले जानकारी दिए।

केन्द्रीय सदस्य अधिकारीका दुर्घटनामा घाइते ढकालको टाउको र हातमा गम्भिर चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। भने सोही दुर्घटनामा घाइते पौडेलको चितवन मेडिकल कलेजमा उपचार पश्चात मंगलबार नै डिस्चार्ज भएका छन्। ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठूलो पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड दुवै तर्फको आवतजावत बन्द भएको छ । पहिरो ठूलो र निरन्तर ढुङ्गा खसिरहेकोले पन्छाउने कार्यमा समय लाग्नेभन्दै बैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार