तुइनखोलामा फेरि खस्यो पहिरो ः मुग्लिन-नारायणगढ सडक अवरुद्ध

तुइनखोलामा फेरि खस्यो पहिरो ः मुग्लिन-नारायणगढ सडक अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 5.9K
    Shares

पोखरा, ७ असोज २०८२।


मुग्लिन-नारायणघाट सडकखण्ड फेरि पहिरोका कारण प्रभावित बनेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला नजिकै मंगलबार सुक्खा पहिरो खसेपछ सडक अवरुद्ध भएको हो। दिउँसो १ बजेमा पहिरो पन्छाएर दुई एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

यसअघि मंगलबार राति करिब पौने ९ बजेतिर पनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक डिभिजन भरतपुरले तत्कालै मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरेपछि यातायात एकतर्फी रूपमा खुलाइएको थियो।

यद्यपि, सो क्षेत्रमा सुख्खा पहिरो झर्ने क्रम नरोकिएकाले यात्रा जोखिमपूर्ण रहेको र पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती थपिएको जनाइएको छ।

तुइन खोला क्षेत्र हालैका दिनमा पहिरोको ‘हटस्पट’ बनेको छ। शुक्रबार साँझदेखि पनि सोही स्थानमा पहिरो खसेर सडक लामो समय अवरुद्ध हुँदै आएको छ।

लगातार पहिरो खसिरहने भएकाले साइटमा पहिरो पन्छाउने मेसिनहरू तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने हजारौं सवारीसाधन तथा यात्रुहरू प्रभावित भएका छन्। दसैं नजिकिँदै गर्दा देशको सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एकमा बारम्बार देखिने यस्तो समस्याले यात्रुहरूलाई थप सास्ती दिएको छ।

मिति २०८२/०६०/०७ गते । मुग्लिन-नारायणघाट सडक तुइन खोला पुल नजिकै निरन्तर रूपमा खसेको पहिरो दिउँसो ४:५५ बजेतिर झन ठुलो पहिरो झरेको छ । सडक आवागमन दुईतर्फि बन्द भएको छ । निरन्तर ढुंगा झरेकाे कारण उपकरण संचालन गरि पहिराे हटाउनमा समस्या रहेको जानकारी गराउछाैं ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260