पोखरा, ५ असोज २०८२।
जेन जी आन्दोलनका बीचमा कालो ड्रेस, मास्क र वाकीटकीसहित देखिएका यी युवा बारे यति बेला सञ्जालहरुमा ब्यापक टिकाटिप्पणीहरु भैरहेका छन्। उनको यही फोटो सामाजिक सञ्जालहरुमा राख्दै बिदेशी शक्तिको घुसपैठ भएको भन्दै चर्को बिरोध भैरहेको छ।
‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले भने ती युवा कुनै र कोही बिदेशी नभै ‘हामी नेपाल’ टिमका २१ वर्षीय जेनिस महर्जन भएको पुष्टि गरे।
युवकबारे उठेका शंकाको पर्दाफाश भएको छ। प्रहरी अनुसन्धानले ती युवक ‘हामी नेपाल’ टिमका २१ वर्षीय जेनिस महर्जन भएको पुष्टि गरेको छ। संयोजक गुरुङले महर्जन विगत १३ वर्षदेखि आफ्नै टिमसँगै रहेको र जाजरकोट भूकम्पको समयमा सेनाबाट गिफ्ट पाएको कमब्याट लगाएको दाबी गरे।
उनका अनुसार वाकीटकी भने मेडिकल टिम र एम्बुलेन्ससँग सम्पर्क कायम राख्न प्रयोग गरिएको थियो। तर, उपत्यका प्रहरीका एक अधिकृतले अनुमति बिना सञ्चार सेट (वाकीटकी) प्रयोग गरिएको भन्दै कानूनी प्रश्न उठाएका छन्।