मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो बिहानैदेखि पन्छाउने कार्य शुरु, पहिरो जाने क्रम पनि जारी

मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो बिहानैदेखि पन्छाउने कार्य शुरु, पहिरो जाने क्रम पनि जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ असोज २०८२
  • 4K
    Shares

पोखरा, ५ असोज २०८२।

मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा गएको पहिरो बिहानैदेखि पन्छाउने कार्य शुरु भएको छ।

डिभिजन सडक कार्यालय भरतपुरको तीन वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन शुरु गरिएको हो ।

शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण बन्द भएको सडक ३६ घण्टासम्म पनि खुलाउन सकिएको छैन ।

बाटो बन्द हुँदा यो सडक खण्ड हुँदै यात्रा गर्ने यात्रुहरू गन्तव्यमा पुग्न नसकेर रोकिएका छन् ।

आज लगातार पहिरो खस्ने क्रम रोकियो भने मध्यान्हसम्म सडक सञ्चालनमा ल्याउन सकिने यो सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार