पोखरा, ४ असोज २०८२।
चितवनको मुग्लिन नारायणगढ सडकखण्ड आज रातभरका लागि बन्द गरिएको छ।
मुग्लिन नारायणगढ सडकखण्डको मुग्लिनबाट करीब साढे दुई किलोमिटर पर नारायणगढतर्फ रहेको तुइन खाेलामा माथिबाट ठूलो पहिरो खस्ने क्रम नरोकिए पछि आज रातभरका लागि मुग्लिन नारायणगढ सडकखण्ड आज रातभरका लागि बन्द गरिएको हो ।
पहिराे खस्न नराेकिएपछि मुग्लिङ-नारायणगढ सडक खण्डमा सबै किसिमकाे सवारी साधन संचालनमा रोक लगाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले पहिरो खस्ने क्रम रोकिएको र रात परेको कारणले पहिराे पन्छाउन समस्या हुने बताए ।
उनले नारायणगढबाट जाने सवारीलाई वरै सुरक्षित ठाउँमा नै राेकिन आग्रह गरेका छन् ।
काठमाडौं तथा पाेखराबाट नारायणगढ आउने सवारीलाई पनि सुरक्षित ठाउँमा रोक्ने तयारी गरिएको शर्माले बताए ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसो देखि नै लगातार हल्का वर्षा भइरहेको र साँझ तुइन खोलामा भीर नै बगेर सडकमा आएको छ ।
गएराति पनि पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । वर्षा सुरु भएयता तुइन खाेलामा पटकपटक पहिराे खस्ने गरेको छ ।