जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख फेरिने भए : ओलिया जाने, कार्की आउंदै

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख फेरिने भए : ओलिया जाने, कार्की आउंदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ असोज २०८२
  • 12.8K
    Shares

पोखरा, २ असोज २०८२।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको सरुवा भएको छ। ओलियाको केन्द्रिय अनुसन्धान ब्युरो , अनुसन्धान महाशाखा लाजिम्पाट काठमाण्डौमा सरुवा भएको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय कास्कीमा एसपी नबिन कार्की नयाँ कार्यालय प्रमुखका रुपमा सरुवा भएर आउने भएका छन्।

हाल डांडाको नाक प्रहरी चौकी लेखनाथ कास्कीमा कार्यरत डिएसपी श्रवणकुमार बिकको जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा भएको छ। उनको ठाउँमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मसुरक्षा तथा खेलकुद प्रशिक्षक समूह , काठमाण्डौबाट डिएसपी गुणराज बुढाथोकी काज सरुवा भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी राजकुमार श्रेष्ठ , जिल्ला प्रहरी कार्यालय पर्वतमा डिएसपी बिजय यादब कार्यालय प्रमुखका रुपमा सरुवा भएका छन्। ,

प्राप्त जानकारी अनुसार , नेपाल प्रहरीका ४८ जना एसपीहरू र ९० डिएसपीहरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको निर्णयानुसार उनीहरुलाई मंगलबार सरुवा गरिएको हो ।

आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए । यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल सरुवा गरिएको छ ।

त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको छ । नरेन्द्र चन्द र गौतम कुमार केसीलाई यसअघि गरिएको काज सरुवालाई प्रधान कार्यालयले निरन्तरता दिएको हो ।

डोटीमा महेन्द्र नेपाललाई पठाइएको छ । पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक र भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको छ । सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको छ ।

नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा
नेपाल प्रहरीका एसपिहरुको सरुवा

नेपाल प्रहरीका डिएसपिहरुको सरुवा सुची

नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा

नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा
नेपाल प्रहरीका डिएसपिहरुको सरुवा

प्रतिक्रिया
सम्बन्धित समाचार