पोखरा, १ असोज २०८२ ।
मुग्लिन-नारायणघाट सडक खण्ड अन्तरगतको तुईन खाेला नजिकै सडक दुईतर्फी अवरुद्ध रहेको छ।
मंगलबार रातीदेखि पहिरो खस्ने क्रम जारी रहेकाले तुईन खाेला नजिकै सडक दुईतर्फी अवरुद्ध रहेको हो।
मंगलबार राती नौ बजेदेखि खसेको पहिरो तत्काल हटाउन शुरु गरिएको भए पनि पहिरो खस्ने क्रम जारी रहेको प्राप्त समाचारमा जनाइएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको हो ।
बिहान ६ बजेदेखि दुई वटा उपकरणबाट पहिरो हटाउन शुरु गरिएकोमा पहिरो खस्ने क्रम जारी रहेकाले तुईन खाेला नजिकै सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरो झर्दाकाे जाम हाेस या अन्य कुनै कारणबाट भएको जाम नै किन नहाेस् overtaking गर्ने, सवारीसाधन double line राख्ने कारणले अध्याधिक जाम हुने, अत्यावश्यक सवारीसाधनलाई समेत जाममा फस्नुपर्ने बाध्यता हुन्छ । त्यसैले, लेन अनुशासनमा रहि सवारीसाधन चलाउनुहुन सम्पूर्ण सबैलाई डिभिजन सडक कार्यालय भरतपुरले अनुरोध गरिएको छ ।