जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओलियाको पोशाक लगाउने युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओलियाको पोशाक लगाउने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ भाद्र २०८२
  • 9.7K
    Shares

पोखरा, ३१ भदौ २०८२ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने युवा पक्राउ परेका खुलेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त हुन् पुगेको जिल्ला प्रहरी कार्यालय कास्की भवनको अवलोकन गर्न पुगेका बेला उक्त रहस्य खुलेको हो।

सो अवसरमा मुख्यमन्त्री पाण्डेलाई कास्की प्रहरी प्रमुख एसपी ओलियाले जेन जी आन्दोलनको क्रममा आफ्नो बर्दी लगाउने युवालाई पक्राउ गरिसकिएको जानकारी दिएको समाचारस्रोतहरुले जानकारी दिएका छन्।

पक्राउ परेका युवाको परिचया खुलाइएको छैन। तर उनलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराएर मुद्दा चलाइएको पनि प्राप्त समाचारमा जनाइएको छ।

जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते साँझ आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आक्रमण गर्दै आगजानी गरेका थिए। डोजरसहित कार्यालय जलाउन पुगेका थिए।

हिरासतबाट १२५ जना थुनुवा भागेका थिए। जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए। सोही क्रममा ती व्यक्तिले एसपीको पोशाक झिकेर लगाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार