पोखरा, ३१ भदौ २०८२ ।
खोटाङमा गएराती एक महिलाको बलात्कारपश्चात हत्या भएको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको सोमबार राति वलात्कारपश्चात हत्या भएको हो।
परियारको शब सोमबार राति घर नजिकैको बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा रस्मितालाई आपराधिक समूहले बलात्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
घटनाबारे थप तथ्य संकलनका लागि जिल्ला प्रहरी कार्यालयबाट अतिरिक्त प्रहरी टोली परिचालन गरिएको डीएसपी बुढाथोकीले बताए ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ । उक्त घटनापछि स्थानीयले अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।
