कास्की कारागारबाट भागेर झापा पुगेका कैदीलाई स्थानियले समातेर प्रहरीमा बुझाए

कास्की कारागारबाट भागेर झापा पुगेका कैदीलाई स्थानियले समातेर प्रहरीमा बुझाए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ भाद्र २०८२
  • 5.7K
    Shares

पोखरा, ३१ भदौ २०८२ ।

कास्की कारागारबाट भागेर झापा पुगेका एक कैदीलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन्।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका झापा गाउँपालिका निवासी दिनेश सोरेनलाई सोमबार दिउँसो झापाको कनकाई-६ मा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सुनाइएका सोरेनले कास्की कारागारमा आठ वर्ष कैद भुक्तान गरिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार