नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीद्वारा ऐतिहासिक रुपमा पहिलो पटक महिला कानून व्यवसायीलाई महान्यायधिबक्तामा नियुक्त

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीद्वारा ऐतिहासिक रुपमा पहिलो पटक महिला कानून व्यवसायीलाई महान्यायधिबक्तामा नियुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 7.5K
    Shares

पोखरा, २९ भदौ २०८२।

राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन्।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरे बमोजिम राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

उनी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्। महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा काम गर्ने छिन्।

वामपन्थी पृष्ठभूमिकी बराल शम्भु थापा नेपाल बार एशोशिएसनको अध्यक्ष भएको कार्यसमितिमा कोषाध्यक्ष थिइन् ।

यस अघि आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले दिएको राजिनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार