पोखरा, २९ भदौ २०८२। काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर मार्केटबाट छ जनाको शव भेटिएको छ ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाण्डौको वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।