कास्की कारागारमा ८५ जना कैदीबन्दी फर्किए

कास्की कारागारमा ८५ जना कैदीबन्दी फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ भाद्र २०८२
  • 3K
    Shares

पोखरा, २७ भदौ २०८२।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये आज साँझसम्ममा ८५ जना कारागार फर्किएका छन् ।

कारागार ब्यबस्थापन विभाग र जिल्ला प्रहरी कार्यालय कास्कीले कारागारबाट भागेका कैदीबन्दीलाई कारागारमा फर्कन गरेको आह्वान संगै आज साँझसम्ममा ८५ जना कैदीबन्दी कारागार फर्किएका छन् ।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ । कास्की कारागारबाट भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पर्वत र बागलुङको सीमा क्षेत्र मालढुङ्गाबाट बिहीबार नियन्त्रणमा लिएको थियो ।

जेनजी प्रदर्शनकारीको आन्दोलन उग्र बन्दै गएपछि गत मङ्गलबार राति कारागारबाट कैदीबन्दी फरार भएका थिए । प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार