जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा पोखरा महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा पोखरा महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ भाद्र २०८२
  • 6.9K
    Shares

जिल्ला प्रशासन कार्यालय कास्की

पोखरा, २६ भदौ २०८२।

जिल्ला प्रशासन कार्यालय कास्कीले आज साँझ पांच बजेसम्म पोखरा महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज एक प्रेस बिज्ञप्ति जारी गरेर आज साँझ पांच बजेसम्मका लागि पोखरा महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेकी हुन्।

उक्त बिज्ञप्तिमा पोखरा महानगर क्षेत्र भित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना ,घेराउ, जुलुस, प्रदर्शन जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा (एम्बुलेन्स्, शव दाहान, दमकल, स्वास्थ्य वर्मी, सुरक्षाकर्मी र संचारकर्मीका साथै खाद्यान, इन्धन, दुध, तरकारी, पानी र औषधी) का सवारी साधारहरू संचालन गर्न सकिने उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

निषेधाज्ञा आदेशको उल्लंघन गर्ने वा आदे‌शको पालना गर्ने-गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने पनि सोहि बिज्ञप्ति मार्फत चेतावानी दिइएको छ।

Gen z समूहद्वारा सुरु गरिएको विरोध प्रदर्शनको क्रममा अवान्छित तत्त्वहरू प्रवेश गरी पोखरा महानगरपालिका समेतका क्षेत्रहरूमा सरकारी, अर्ध सरकारी, निजिका साथै व्यापारिक प्रतिष्ठान, होटल, राजनीतिक दल कार्यालय समेतका संरचनामा तोडफोड, आगजनि एवं लुटपाट समेतका ध्वंसात्मक कार्यहरू गर्नुका साथै सुरक्षाकर्मीहरूमाथि आक्रमण, सुरक्षा निकायका कार्यालय तथा पोष्टहरूमा आक्रमण गरी क्षति पुर्याइएको भन्दै प्रजिअ शर्माद्वारा जारी उक्त आदेशमा विद्यमान विषम परिस्थितिलाई ध्यानमा राखी यसबाट सिर्मना हुनसक्ने अराजक गतिविधिलाई नियन्त्र‌ण गरी जिउ धनको सुरक्षा, शान्ति सुरक्षा एवं पारस्पारिक सद्‌भाव कायम राख्न अति आवश्यक देखिएकोले निषेधाज्ञा जारी गरिएको उक्त बिज्ञप्तिमा बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार