नाति पुस्ताको आन्दोलनपछि राति के भयो ? आयो कस्तो प्रतिक्रिया ?

नाति पुस्ताको आन्दोलनपछि राति के भयो ? आयो कस्तो प्रतिक्रिया ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ भाद्र २०८२
  • 6.9K
    Shares

पोखरा, २४ भदौ २०८२।

समाजिक सञ्जाल बन्द र भ्रस्टाचारबिरुद्ध संघर्षमा उत्रिएको जेनजी अर्थात नाति पुस्ताका युवाहरुमाथि एमाले – कांग्रेसको झन्डै दुई – तिहाईको सरकारले गोली बर्शाएर बरबर्ता प्रकट गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन १९ जना युवाहरुको हत्या गरेको छ भने चार सय २२ जना युवाहरु देशभरका बिभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन्।

आफ्नो अधिकारप्रति जागरुक युवाहरुले शुरु गरेको आन्दोलनमा राजाबादीहरु र दुर्गा प्रसाईं नेतृत्वका कार्यकर्ताहरुको घुसपैठ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन्। एकैदिन १९ जना युवाहरुलाई ताकी ताकी गोलि हानेर नरसंहार मच्चाएका प्रधानमन्त्री ओलीको अध्यक्षतमा बसेको मन्त्रि परिषद बैठकले १५ दिनभित्र प्रतिबेदन बुझाउने गरी एउटा उच्चस्तरीय न्छंबिं समिति बनाएको छ। अद्यापि उक्त समितिमा को को व्यक्ति छन् भन्ने बारे खुलाइएको छैन। सोही मन्त्री परिषद बैठकमा गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका छन्। अद्यापि उनलाई राजिनामा नदिन प्रधानमन्त्री ओलीले अनुरोध गरेको खबरहरु पनि आएका छन्।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , आजकै मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री प्रदिप भनाभन भएका खबरहरु पनि सार्वजनिक भएका छन्।

बैठकको शुरुवातमा प्रधानमन्त्रीले जेनजीको प्रदर्शनको कुरा राखेका थिए। त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्धको फुकुवा पहिले गरेर अन्य विषयमा छलफल र सहमति खोज्ने काम गर्न भनेका थिए।

बैठकमा पौडेलले भने, ‘सामाजिक सञ्जालको विषय जुन छ, यो तत्कालै खोलौँ खोल्नैपर्छ। यो सार्वजनिक सरोकारको कुरा हो।’

लगत्तै प्रधानमन्त्रीले भने, ‘यहाँ कम्पनीको रूपमा कारोबार गर्न आउने, अनि दर्ता नआउनेलाई हामीले खुलमखुला काम गर्न दिने?’

पौडेलले भने, ‘जेनजीको सरोकारको कुरा पनि सुनौँ। जनताले के भनिरहेको छ, ध्यान दिनुपर्छ। काम गर्न दिने-नदिने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्‍यो।’

ओलीले भने, ‘हामी उनीहरू (सामाजिक सञ्जाल) सँग झुक्ने?’

उनीहरूबीच लामै विवाद भएपछि अन्तिममा ‘सामाजिक सञ्जाल सञ्चालनको विषयमा सकारात्मक ढंगले प्रयास गर्ने’ भन्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

यसैबीच सोमबार राती नै बसेको प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले प्रम ओलीको राजीनामा मागेको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको उक्त बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति मंगलबार बेलुका पाँच बजे सात सय ५३ वटै पालिकामा श्रद्धाञ्जलीसभा राख्ने निर्णय पनि गरेको छ । घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

यता संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले नेपालमा सोमबार जेनजीले गरेको प्रदर्शनको क्रममा भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगकी प्रवक्ता रविना समदसानीले नेपालबाट धेरै इमेल प्राप्त भएको बताउँदै, युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग हुनु दुःखद र अचम्म लाग्दो भएको बताइन्।

समदसानीले एक भिडियो सन्देश जारी गर्दै, प्रदर्शनकारी युवाहरूको मागलाई संवाद र शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न जोड दिएकी छिन् ।  उनले समस्याको समाधान अन्तर्राष्ट्रिय मान्य आधारभूत सिद्धान्त अनुसार गर्नुपर्नेमा पनि आग्रह गरेकी छन्।

नेपालस्थित विभिन्न सात राष्ट्रका दूतावासले एक विज्ञप्ति जारी गर्दै सोमबारको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्।

अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको जनाएका हुन्।

‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ,’ उनीहरुले भनेका छन्।

प्राप्त विवरण अनुसार ,  समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।

काठमाडौ बाहिरका धेरै सहरहरुमा जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध सरकारले दमन गरेको थियो ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रहरीले न्युनतम संयमता पनि गुमाएर प्रदर्शनकारीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा निजामती अस्पतालभित्रै पसेर प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। डाक्टरहरुलाई समेत अश्रु ग्यास लागेको थियो ।
काठमाडौं को ट्रमा सेन्टरमा उपचार भैरहेका घाइते युवाहरुको नामाबलि
१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)
३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)
४. सूर्य राई, सिन्धुपाल्चोक
५. सौरभ कठायत, १९ वर्ष (धनगढी)
६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)
७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)
९. सौरभ गौतम, २० वर्ष (भोजपुर)
१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)
११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)
१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)
१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)
१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)
१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)
१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)
१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)
१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)
१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)
२०. अस्विन राई, २२ वर्ष (खोटाङ)
२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)
२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)
२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)
२४. राजेश साउद, २५ वर्ष (अछाम)
२५.नाम नखुलेका १ जना
२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)
२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)
२८. पवन शाही, २६ वर्ष (कालिकोट)
२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)
३०. भावना पौडेल
३१.समीर लामा, २२ वर्ष (हेटौँडा)
३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)
३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)
३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)
३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)
३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)
३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)
३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)
३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)
४०. आयमान मगर, २३ वर्ष (धरान)
४१. सागर भट्टराई, २१ वर्ष (झापा)
४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)
४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)
४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)
४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)
४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)
४८. लुसन सुब्बा, २१ वर्ष (झापा)
४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)
५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)
५१.केशव अधिकारी, ३२ वर्ष
५२. सन्त कुमार महतो
५३. आशुतोष झा
५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)

प्रतिक्रिया
सम्बन्धित समाचार